कांग्रेस पार्टी भित्र महाधिवेशनको बिषय पेचिलो बन्दै, नियमित महाधिवेशन पक्षधरहरूको पनि विशेष भेला
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस पार्टी भित्र महाधिवेशनको बिषय पेचिलो बन्दै गएको छ । कांग्रेसका 'विशेष महाधिवेशन पक्षधर' ले बोलाएको विशेष भेलाको काउन्टरमा अब 'नियमित महाधिवेशन पक्षधर'हरूले पनि विशेष भेला आयोजना गरेका छन्।
नियमित महाधिवेशन पक्षधरहरूले आज भेला बोलाएका छन्। यस भेलामा कांग्रेसका प्रमुख नेता र कार्यकर्ताहरू जुट्ने अनुमान छ । जसमा कांग्रेसका पूर्वअध्यक्ष रञ्जित कर्णको नेतृत्वमा जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल लगायतका नाम समावेश छन्।
यस बीच, कांग्रेसको संस्थापन समूह र डा. शेखर कोइरालाले नेतृत्व गरेको समूह नियमित महाधिवेशनको पक्षमा रहेको बताएका छन् भने, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।
विशेष महाधिवेशनको पक्षधरहरूको भेला मंगलवार सम्पन्न भएको थियो । साे भेलालाई महामन्त्रीद्वय थापा र शर्मा र उनीहरूको समर्थनमा रहेका कार्यकर्ताहरूले पार्टीको आगामी नेतृत्वका बारेमा स्पष्ट दिशा र कार्यक्रम तय गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।







