सुधन गुरुङले गृहमन्त्रीलाई चुनौती : महेश बस्नेतको गिरफ्तारीको सवाल उठाउँदै सरकारको नीतिमा आलोचना

User Image Prime TV News १० महिना अगाडि
Image of सुधन गुरुङले गृहमन्त्रीलाई चुनौती : महेश बस्नेतको गिरफ्तारीको सवाल उठाउँदै सरकारको नीतिमा आलोचना

काठमाडौ । जेनजी आन्दोलनका प्रमुख अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग महेश बस्नेतको गिरफ्तारीको बारेमा स्पष्ट जवाफ मागेका छन्। गुरुङले फेसबुक मार्फत गृहमन्त्रीलाई निकोलस भुसाललाई पक्राउ गरिएको  तर महेश बस्नेतलाई किन पक्राउ गरिएन? भन्दै प्रश्न गरेका छन् । उनले भने, "के शक्तिशालीलाई नछुनु तपाईंको सरकारको नीतिको हिस्सा हो?"

सुधन गुरुङले वर्तमान सरकार ओली सरकारको नीतिमा लुकेको जस्तो देखिएको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुन ओली सरकारकै पारामा ढल्किनु भएको हो ?’, गुरुङले फेसबुकमा लेखेका छन्, ‘बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’