कांग्रेस बैठक : सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका बिषयमा सरकार संग छलफल गर्ने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of कांग्रेस बैठक : सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका बिषयमा सरकार संग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका बिषयमा सरकारसंग छलफल गर्ने भएको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयप्रति असन्तुष्टि जनाउदै सरकारसंग छलफल गर्ने निर्णय गरिएको  हो ।

सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भएपनि बन्द नै गर्ने निर्णय उचित नभएको कांग्रेस बैठकको ठहर छ । बैठक पछि नेताहरुले सामाजिक सञ्जाल निष्कृय बनाएपछि आमनागरिकमा असन्तुष्टि देखिएको टिप्पणी गरेका छन् । 

 यस्तै बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय छ ।