नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन

User Image Prime TV News १० महिना अगाडि
Image of नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन

काठमाडौ । विभिन्न वामपन्थी दलहरूको एकतासँगै गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। पार्टीका प्रतिनिधिहरूले बिहीबार आयोगमा दस्तावेज प्रस्तुत गरेका हुन् । निवेदन संगै दल दर्ताको प्रक्रिया सुरु हुने भएको छ।

साविक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य १० वटा वाम समूहहरूले हिजो एकता गर्दै नयाँ पार्टीको गठन गरेका थिए । पार्टीका मुख्य नेताहरूले आगामी निर्वाचनको तयारीमा आफूहरूको ध्यान केन्द्रित गरेको बताएका छन्।

नेपाली कम्युनिस्ट पार्टीले आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने उद्देश्य राख्दै आयोगमा दर्ता प्रक्रिया सुरु गरेको हो। दलले पाँचकुने तारा चुनाव चिह्नको रूपमा चयन गरेको छ । 

नेपाली कम्युनिस्ट पार्टीका नेता शिव खकुरेलका अनुसार, दलको विधानमा केही अन्तिम चरणका कार्यहरू पूरा भइरहेको छ। "हामी दलको संरचना र पदाधिकारी चयनको प्रक्रिया छिटो पूरा गर्नमा जोड दिइरहेका छौं," उनले भने।

आयोगले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको र अब यो प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ । आगामी ३० कात्तिकभित्र दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने प्रावधान अनुसार, पार्टीका नेताहरूले निर्धारित मापदण्ड पूरा गर्ने तयारीमा रहेका छन्।