गृहमन्त्री अर्यालको पूर्वराष्ट्रपति भण्डारीको घर अवलोकन

User Image Prime TV News १० महिना अगाडि
Image of गृहमन्त्री अर्यालको पूर्वराष्ट्रपति भण्डारीको घर अवलोकन

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँस्थित चपली घरको क्षतिको अबलोकन गरेका छन् ।

गृहमन्त्री अर्याल बिहीबार बिहान भण्डारी निवास पुगेका थिए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पूर्व राष्ट्रपति भण्डारीको निवासमा आगजनी भएको थियो। भण्डारीको घरमा भएको ठूलो क्षतिको अवलोकन गर्दै अर्यालले सम्बद्ध निकायलाई शीघ्र पुनर्निर्माणका लागि पहल गर्न निर्देशन दिएका छन्।

यसअगाडि, गृहमन्त्री अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको काठमाडौँको बोहोराटारस्थित निवासको पनि अवलोकन गरेका थिए। यसैबीच, गृहमन्त्री अर्यालले मंगलबार प्रथम राष्ट्रपति डा. रामवरण यादवको ललितपुर स्थित बागडोल घरको अवलोकन पनि गरेका छन्। अवलोकन पश्चात्, उनले डा. यादवसँग भेटवार्ता गरी घरको अवस्था र पुनःनिर्माणको बारेमा छलफल गरेका थिए।