नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेला बत्तिसपुतलीमा सुरु

User Image Prime TV News १० महिना अगाडि
Image of नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेला बत्तिसपुतलीमा सुरु

काठमाडौ । नेपाली कांग्रेसको नियमित महाधिवेशनको पक्षधर भेला आयोजना गरेका छन्। वडादेखि केन्द्रसम्म सातै तहमा महाधिवेशनका लागि दबाब दिने उद्देश्यले पार्टीका संस्थापन पक्षका नेताहरूले यो भेला आयोजना गरेका हुन्।

भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाको अध्यक्षतामा सुरु भएको भेला कार्यकममा कोसी प्रदेश सभापति उद्धव थापा, पार्टीका महामन्त्री भुपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत पार्टीका विभिन्न प्रदेश र जिल्ला स्तरका नेताहरू तथा ठूलो संख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको छ । 

भेलामा सहभागी नेताहरूले मंसिर महिनाभित्र महाधिवेशनको प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूको तर्क छ कि पार्टीको संगठनात्मक स्थिति सुधार्न र आगामी चुनावको तयारी गर्न महाधिवेशन समयमै आयोजना गर्नुको विकल्प नभएको वताएका छन् ।

भेलामा सातै प्रदेशका नेताहरूले महाधिवेशनको समयतालिका तय गर्नका लागि पार्टी नेतृत्वलाई दवाब दिनु पर्ने बताएका छन् ।