ईपीएस परीक्षा पास गरेका कामदारहरूको आन्दोलन

User Image Prime TV News १० महिना अगाडि
Image of ईपीएस परीक्षा पास गरेका कामदारहरूको आन्दोलन

काठमाडौ । दक्षिण कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा र सीप परीक्षा पास गरेका नेपाली कामदारहरूले रोजगार विभागको ग्वार्को स्थित कार्यालय घेराउ गरेका छन्।

उनीहरुले लामो समयदेखि कोरिया जानका लागि ढिलाइ भइरहेको भन्दै आफ्नो समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जानको लागि २०२५ का लागि एक लाख ६३ हजार जना नेपाली कामदारहरूले परीक्षा दिएका थिए।

तीमध्ये १७ हजार ३० जना कामदार भाषा परीक्षा पास गर्न सफल भएका थिए । तर अहिलेसम्म उनीहरूको कोरिया जानका लागि करार सम्झौता भएको छैन । उनीहरुले सीप र भाषा परीक्षा पास गरिसकेपछि पनि कोरिया पठाउने प्रक्रिया लामो र जटिल बनाइएको बताए । 

सन् २००८ देखि दक्षिण कोरिया नेपाली कामदारलाई ईपीएस प्रणालीमार्फत लैजाँदै आएको छ । हाल कोरियामा एक लाखभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ ।