युवा संघले दियो बालेन शाह विरुद्ध साइबर ब्युरोमा उजुरी
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेसँग सम्बन्धित राष्ट्रिय युवा संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ। संघका युवाका नेताहरुले साइबर ब्युरो पुगेर बालेनको सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद पोस्टका लागि कारबाहीको माग गरेका हुन् ।
उजुरीका अनुसार, बालेनले केही दिनअघि आफ्नो फेसबुक पेजमा छिमेकी राष्ट्र भारत र चीनका सम्बन्धमा अश्लिल भाषा प्रयोग गर्दै आक्रोशपूर्ण टिप्पणी गरेका थिए। उक्त पोस्टमा उनले राजनीतिक दल र नेपालका अन्य जनप्रतिनिधिहरूको आलोचना गर्दै ती राष्ट्रहरूको पनि निन्दा गरेका थिए।
बालेनले उक्त पोस्ट केही समयपछि आफ्ना फेसबुक पेजबाट हटाएका थिए । तर त्यसको स्क्रिनशटहरू भने सामाजिक मिडियामा व्यापक रूपले फैलिएका थिए। नेपाल प्रहरीको साइबर ब्युरोले यस मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ र आगामी दिनहरूमा थप बयान र प्रमाणहरू संकलन गरिने बताएको छ।







