नेकपा एकीकृत समाजवादीले ६ नेतामाथि कारबाही, पार्टी सदस्य र पद खोसियो

User Image Prime TV News १० महिना अगाडि
Image of नेकपा एकीकृत समाजवादीले ६ नेतामाथि कारबाही, पार्टी सदस्य र पद खोसियो

काठमाडौ । नेकपा एकीकृत समाजवादीले पार्टीको आन्तरिक अनुशासन उल्लंघन गरेको आरोपमा ६ नेताहरूमाथि कडा कारबाही गरेको छ। पार्टीका केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालले उक्त नेताहरूमाथि पार्टी सदस्यपद समेत खोस्ने निर्णय गरेका हुन्।

घनश्याम भुसाल, रामकुमारी झांक्री लगायतका नेताहरूको पार्टीको नीति र कार्यसंगत विरोधको कारण यो कारबाही गरिएको बताइएको छ । पार्टीका केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्राप्त निर्णय अनुसार, पार्टी विधानको धारा १२१ (२) बमोजिम उनीहरूको सदस्यता समाप्त गरिएको छ।

यसैबीच, पार्टीले भविष्यमा कुनै पनि व्यक्तिले पार्टीको नाम र पदको दुरुपयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा अन्य कुनै गतिविधि सञ्चालन गरेमा कडा कारबाही हुने चेतावनी दिएको छ ।