देशका अधिकांश भागमा मौसम सफा रहने

User Image Prime TV News १० महिना अगाडि
Image of देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौ ।अहिले कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नहुदा मौसम प्राय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल छाएको छ। बाँकी भूभागमा आकाश सफा छ । 

दिउँसो कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। ती हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्न सक्छ भने बाँकी देशमा मौसम सफा रहने अपेक्षा छ।