ट्रम्पद्वारा मोदीको प्रशंसा, भारतले रुसबाट तेल आयात झन्डै बन्द गरेको दाबी

User Image Prime TV News १० महिना अगाडि
Image of ट्रम्पद्वारा मोदीको प्रशंसा, भारतले रुसबाट तेल आयात झन्डै बन्द गरेको दाबी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल किन्न लगभग रोकिसकेको बताएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयको स्वागत गर्दै प्रशंसा गरे।

ट्रम्पले भने, “मोदीले रुसबाट तेल किन्न लगभग बन्द गरिसकेका छन्। उनी मेरा साथी हुन्। म उनीसँग थप कुरा गर्नेछु।”

सोही क्रममा ट्रम्पले फेरि एकपटक भारत–पाकिस्तानबीचको युद्ध आफूले रोक्न भूमिका खेलेको दाबी दोहोर्याए। उनका अनुसार, तनाव बढेको बेला उनले ट्यारिफलाई दबाबका साधनका रूपमा प्रयोग गर्दै २४ घण्टामै परिस्थिति नियन्त्रणमा ल्याएका थिए।

उनको दाबीबारे भारत तथा पाकिस्तानले आधिकारिक प्रतिक्रिया नदिए पनि ट्रम्प यस विषयमा यति बेला खुला रूपमा टिप्पणी गरिरहेका छन् ।