अभिनेत्री तथा पार्श्व गायिका सुलक्षणा पण्डितको निधन
Prime TV News १० महिना अगाडि 
काठमाडौ । प्रसिद्ध बलिउड अभिनेत्री तथा पार्श्व गायिका सुलक्षणा पण्डितको ७१ वर्षको उमेरमा बिहीबार राति मुम्बईमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी नानावती अस्पतालमा उपचाररका क्रममा मृत्यु भएको हो। मृत्युको कारण सार्वजनिक गरिएको छैन।
पण्डित केही समयदेखि बिरामी थिइन्। उनी शास्त्रीय गायक पण्डित जसराजकी भतिजी हुन्। दाजुभाइ जतिन ललित चर्चित संगीतकार तथा बहिनी विजयता पण्डित अभिनेत्री तथा गायिका हुन्।
नौ वर्षकै उमेरमा गायन सुरु गरेकी सुलक्षणाले १९६७ मा फिल्म ‘तकदीर’मार्फत फिल्ममा डेब्यू गरिन्। उनले लता मंगेशकर, किशोर कुमार, मोहम्मद रफी, येसुदासलगायत शीर्ष कलाकारसँग युगल गीत गाएकी छन्।
फिल्म ‘संकल्प’ (१९७५) को गीत ‘तू ही सागर है तू ही किनारा’का लागि उनले फिल्मफेयर पुरस्कार पाएकी थिइन्। अभिनय क्षेत्रमा पनि उनले १९७० को दशकमा बलिउडमा पृथक पहिचान बनाइन् र थुप्रै चर्चित अभिनेतासँग काम गरिन् ।







