प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

User Image Prime TV News १० महिना अगाडि
Image of प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच आज भेटवार्ता भएको छ। हात्तीवनस्थित दाहालको निवासमा भएको यो भेटमा मुलुकको समसामयिक राजनीति, कम्युनिष्ट एकताबारे गम्भीर छलफल भएको बताइएको छ।

नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईका अनुसार, दाहाल र खनालबीचको भेटमा नेपालका राजनीतिक र सामाजिक परिवर्तनका विषयमा विस्तृत विचारविमर्श भएको थियो। साथै, कम्युनिष्ट एकतामा रहेका चुनौती र अवसरका बारेमा पनि छलफल गरिएको जानकारी दिए ।

"समसामयिक राजनीतिक परिप्रेक्ष्य, पार्टी एकता र आगामी रणनीतिका बारेमा सकारात्मक छलफल भएको छ," भट्टराईले भने।

एकीकृत समाजवादी पार्टीको केन्द्रीय समितिले माओवादी केन्द्र संग छलफल गर्ने निर्णय स‌गै खनाल एकता प्रक्रियामा असन्तुष्ट रहदै आएका थिए । तर अन्तिम समयमा खनाल एकतामामा पुगेका थिए । बाम एकता पछि गठन भएको नेपाली कम्युनिष्ट पार्टीले खनाललाई तेस्रो वरीयाता दिएको छ ।