विधान संशोधन प्रस्तावमा आएको संशोधन अघि बढ्दैन : उपाध्यक्ष विष्णु पौडेल

User Image Prime TV News एक बर्ष अगाडि
Image of विधान संशोधन प्रस्तावमा आएको संशोधन अघि बढ्दैन : उपाध्यक्ष विष्णु पौडेल

काठमाडौ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफूले पेश गरेको विधान संशोधन प्रस्तावमा आएका संशोधनहरू अघि नबढ्ने स्पष्ट पारेका छन्। आइतबार सम्पन्न विधान महाधिवेशनअन्तर्गत समूहगत छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै पौडेलले प्रस्ताव तर्कसहित तयार गरिएको भएकाले त्यसबाहिरका संशोधन स्वीकृत नहुने बताए।

प्रस्तावभन्दा बाहिर आएका कुनै पनि कुरा संशोधन गर्न सकिँदैन, पौडेलले भने, तर्कसहित प्रस्तुत गरिएको यो प्रस्ताव संशोधन भएर अघि बढ्ने सम्भावना छैन। एमालेको विधान महाधिवेशन आइतबार अन्तिम चरणमा पुगेको छ। महाधिवेशनअन्तर्गत विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल सम्पन्न भई जवाफ प्रस्तुत गरिएको हो।

पौडेलको विधान संशोधन प्रतिवेदनसँगै महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदनमाथिको छलफल तथा जवाफ पनि सकिएको छ।