बिहार चुनाव: मोरङका सीमा नाका तीन दिनका लागि बन्द

User Image Prime TV News १० महिना अगाडि
Image of बिहार चुनाव: मोरङका सीमा नाका तीन दिनका लागि बन्द

काठमाडौ । भारतको बिहारमा जारी विधानसभा चुनावका कारण मोरङ जिल्लाका सीमा नाका ७२ घण्टाका लागि बन्द हुने भएका छन्।

बिहार विधानसभाको दोस्रो चरणको मतदान नोभेम्बर ११ मा हुने भएपछि सुरक्षालाई प्राथमिकता दिँदै सीमा नाका अस्थायी रूपमा बन्द गरिने मोरङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार २०८२ कात्तिक २२ गते साँझ ६:१५ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म सीमा नाका बन्द रहनेछ। यस अवधिमा आपतकालीन सेवाबाहेक सबै प्रकारको आवागमन रोक्ने निर्णय गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सीमा नाकामा कडाइ गर्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार सीमा सुरक्षामा खटिएका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।