नेपाली कांग्रेसले मोहम्मद आफ्ताब आलमको निधनमा तीन दिने शोक कार्यक्रम घोषणा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले मोहम्मद आफ्ताब आलमको निधनमा तीन दिने शोक कार्यक्रम घोषणा गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले तीन दिने शोक कार्यक्रम घोषणा गरेको हो।
६३ वर्षीय आलमको शुक्रबार राति काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको थियो। पार्टीले आलमको आत्माको शान्तिका लागि प्रार्थना गरेको छ। बैठकमा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो।
निर्णयअनुसार कात्तिक २२, २३ र २४ गते कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइनेछ। कात्तिक २३ गते सबै कार्यालय बन्द राखिनेछ। त्यस्तै, १३ दिनसम्म शोक पुस्तिका राखिने र रौतहटसहित सम्बन्धित जिल्लामा शोकसभा आयोजना गरिने बताइएको छ ।







