अमेरिकी संघीय सरकार शटडाउनमा, देशभर हवाई यातायात अस्तव्यस्त
Prime TV News १० महिना अगाडि 
काठमाडौ । अमेरिकी संघीय सरकार शटडाउनमा परेपछि देशभर हवाई यातायात अस्तव्यस्त बनेको छ। शुक्रबार मात्र करिब एक हजार उडान रद्द भएका छन् भने सयौँ उडानमा ढिलाइ भएको छ।
आर्थिक संकट र तलब रोकिएको अवस्थाबीच संघीय उड्डयन प्रशासनले हवाई यातायात नियन्त्रकहरूको कार्यभार कम गर्न व्यस्त विमानस्थलमा सेवा सीमित गर्न आदेश दिएको हो।
एफएएको आदेशपछि एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत मुख्य विमानस्थलमा लम्बिएको सुरक्षा लाइन, अन्तिम क्षणका उडान रद्द र यात्रुहरूको भीड देखिएको छ।
विमानस्थलहरूमा तनावका दृश्यसहित यात्रुहरू रातभर कुहिनुपरेको अनुभूति सुनिरहेको बताइएका छन्। प्रारम्भिक रूपमा करिब ४ प्रतिशत उडान कटौती गरिएको छ। यो दर आगामी साता १० प्रतिशतसम्म पुग्ने र सरकारी बन्द लम्बिए १५–२० प्रतिशतसम्म उडान कटौती हुन सक्ने अनुमान यातायात मन्त्रालयले गरेको छ।
फ्लाइटअवेयरका अनुसार शुक्रबार रद्द भएका उडान संख्या बिहीबारको तुलनामा पाँच गुणा बढी थियो। वासिङ्टनस्थित रेगन राष्ट्रिय विमानस्थल सबैभन्दा प्रभावित रह्यो ।
जहाँ १८ प्रतिशत उडान रद्द भए। डेल्टाले १७० उडान रोकेको छ भने अमेरिकन एयरलाइन्सले सोमबारसम्म दैनिक २२० उडान कटौती गर्ने बताएको छ। साउथवेस्टले पनि करिब १२० उडान रद्द गरेको छ।







