मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखको कार्यालय पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाए
Prime TV News १० महिना अगाडि 
काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका थिए। त्यसपछि सोनल प्रदेश प्रमुखको कार्यालय पुगेर औपचारिक रूपमा पत्र बुझाएका छन् ।
राजीनामा पत्रमा सोनलले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा साथ दिएको सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले लेखेका छन्, “मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको छु। पदमा रहँदा प्राप्त सहयोगका लागि सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
सोनलकाे राजीनामा संगै प्रदेशमा नयाँ सत्ता समीकरण बनाउने प्रयास तीव्र हुँदै गएको छ। साथै राजीनामापछि प्रदेशमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ। प्रदेश प्रमुखले अब संविधानअनुसार नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया सुरु गर्नेछन्।
प्रदेशसभामा बहुमत जुटाउने शक्ति कसको बन्ने हो भन्ने विषयमा दलहरूबीच भइरहेको दौडधूपले मधेसको राजनीति फेरि निर्णायक मोडमा पुगेको छ।







