एकीकृत समाजवादी पुनर्गठन समूहले घनश्याम भूसाललाई संयोजक घोषणा, मंसिरमा राष्ट्रिय भेला

User Image Prime TV News १० महिना अगाडि
Image of एकीकृत समाजवादी पुनर्गठन समूहले घनश्याम भूसाललाई संयोजक घोषणा, मंसिरमा राष्ट्रिय भेला

काठमाडौ । तत्कालीन नेकपा एकीकृत समाजवादीभित्र पुनर्गठनको प्रक्रिया औपचारिक रूपमै अघि बढेको छ।

पूर्व पार्टीका ६७ जना केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले घनश्याम भूसाललाई संयोजक चयन गर्दै नयाँ नेतृत्व संरचनाको संकेत दिएको छ।

जूममार्फत बसेको बैठकमा सहभागी सदस्यहरूले भूसाललाई सर्वसम्मत रूपमा संयोजकको जिम्मेवारी दिएका हुन् ।पुनर्गठन समूहले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ।

उक्त भेलाबाट संगठनात्मक स्वरूप, राजनीतिक नक्सा र भावी कार्ययोजनाबारे स्पष्टता आउने बताइएको छ ।