विदेशी मुद्राको दर स्थिर, डलर अझै उच्च स्तरमै

User Image Prime TV News १ हप्ता अगाडि
Image of विदेशी मुद्राको दर स्थिर, डलर अझै उच्च स्तरमै

काठमाडौ ।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। पछिल्ला दिनहरूमा देखिएको तीव्र उतार चढावपछि आज प्रमुख मुद्राहरूको दर स्थिर रहेको बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम छ। हिजो पनि यही दर थियो। केही दिनअघि कात्तिक १८ मा डलर १४२ रुपैयाँ ३३ पैसासम्म पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

युरो १ को खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा छ।

कुवेती दिनार र बहराइन दिनार जस्तै गल्फ क्षेत्रका शक्तिशाली मुद्राहरू पनि स्थिर छन्। आज कुवेती दिनार १ को खरिददर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा, बहराइन दिनार १ को खरिददर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा रहेको छ।

राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार जुनसुकै बेला परिमार्जन गर्न सकिने जनाएको छ।