अमेरिकाको जी–२० बहिष्कार: ट्रम्पको दाबी विवादित, दक्षिण अफ्रिकाको असन्तोष
Prime TV News १० महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुन लागेको आगामी जी–२० शिखर सम्मेलनमा संयुक्त राज्य अमेरिका सहभागी नहुने घोषणा गरेका छन्।
उनले दक्षिण अफ्रिकामा गोरा समुदायमाथि दमन भइरहेको दाबी गर्दै सम्मेलन बहिष्कारको निर्णय सुनाए। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत दक्षिण अफ्रिकालाई मानवअधिकार उल्लंघनको आरोप लगाउँदै सम्मेलन दक्षिण अफ्रिकामा आयोजना हुनु “पूर्ण रूपमा लज्जास्पद” भएको दावी गरे।
यद्यपि, यी दाबीलाई दक्षिण अफ्रिकाभित्रैका गोरा राजनीतिक समूहसहित विश्वकै अनुसन्धान संस्थाहरूले वर्षौँदेखि “बिना प्रमाणको प्रचार” भन्दै अस्वीकार गर्दै आएका छन्।
दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले अमेरिकाको निर्णयप्रति दुख व्यक्त गर्दै प्रतिक्रिया दिएको छ। मन्त्रालयका अनुसार, “अमेरिकाको यो कदम खेदजनक र कूटनीतिक मान्यताका प्रतिकूल छ।”
जी–२० शिखर सम्मेलन यसै महिनाको अन्त्यतिर जोहानेसबर्गमा हुने तय छ। तर ट्रम्पले “जबसम्म मानवअधिकार उल्लंघन जारी रहन्छ, कुनै पनि अमेरिकी अधिकारी सहभागी हुने छैनन्” भन्दै कठोर र एक्लै उभिएको भू–राजनीतिक संकेत दिएका छन्।







