आइतबार सुनको मूल्यमा वृद्धि
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आइतबार सुनको मूल्यमा २०० रुपैयाँको वृद्धि भएको छ।
आज सुनको प्रतितोला मूल्य दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि, शुक्रबारको दिन सुनको मूल्य दुई लाख ३८ हजार ४०० रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रति तोला तीन हजार १५ रुपैयाँको आसपास कारोबार भइरहेको छ।







