पार्टी सुधारका लागि डा. तोसिमा कार्कीको चार बुँदे मार्गचित्र
Prime TV News १० महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकमा डा. तोसिमा कार्कीले पार्टीको सुधार र पुनर्सरचनाका लागि चार बुँदे मार्गचित्र पेस गरेकी छन्। सौराहामा आयोजित बैठकमा उनले पार्टीको महाधिवेशनको महत्व र यसको प्रभावकारीताबारे चर्चा गर्दै नेतृत्वलाई स्पष्ट निर्णयका साथ अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।
डा. कार्कीले महाधिवेशनलाई पार्टीको ‘अक्सिजन’को रूपमा व्याख्या गर्दै यसलाई २०८२ मङ्सिर महिनामा सम्पन्न गर्नुपर्ने प्रस्ताव राखिन्। उनका अनुसार महाधिवेशनले पार्टीलाई संगठन विस्तार, वैचारिक स्पष्टता र चुनावी तयारीमा नयाँ ऊर्जा प्रदान बताएकी छन् ।
उनले वर्तमान कार्यकारी नेतृत्वलाई भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने सुझाव दिइन्। यसका साथै, महाधिवेशन आयोजक समितिमा जेनजी , वैकल्पिक शक्तिहरू र बौद्धिक वर्गको प्रतिनिधित्व अनिवार्य बनाउनुपर्ने प्रस्ताव गरेकीछन् ।
"महाधिवेशन आयोजक समिति गठन भएपछि पनि यदि केन्द्रीय सचिवालय र पदाधिकारीहरू रहे भने त्यो अनावश्यक र अस्पष्ट हुनेछ," उनले भनिन्। डा. कार्कीले यसरी नेतृत्वको रूपान्तरणले पार्टीलाई नयाँ दिशा र स्पष्टता दिने विश्वास व्यक्त गरिन्।
डा. कार्कीले देशको भविष्यलाई नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माणका लागि रास्वपाको रूपान्तरण अपरिहार्य भएको बताउँदै, पार्टीको नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रमहरूको पुनःमूल्यांकन र पुनर्सरचना गर्नुपर्नेमा जोड दिइन्।







