महिला सरकारी वकीलहरूको सम्मेलन हुने


काठमाडौ । महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन भाद्र २३ गते सोमबारबाट काठमाडौंमा सुरु हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले महिला सरकारी वकीलको सशक्तीकरण: फौजदारी न्याय प्रणालीको सुदृढीकरण भन्ने नाराका साथ भाद्र २३ र २४ गते महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।
देशभरका महिला सरकारी वकीलहरू सहभागी रहने सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिने सहन्यायाधिवक्ता मीना गुरुङले दिइन । सम्मेलनले महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता लगाएतका बिषयमा छलफल भइ घोषणापत्र जारी गरिने बताईएको छ ।