प्रहरीको हिरासतबाट भागेका थुनुवा पुनः पक्राउ
Prime TV News १० महिना अगाडि 
काठमाडौ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न थुनुवा ज्ञानबहादुर बमजनलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
बमजनलाई प्रहरीको हिरासतबाट भागेको दुई महिना पछि पुनः थुनामा राखिएको हो। गएको भदौ २४ गते जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट फरार भएका बमजनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बमजनलाई अब थप अनुसन्धान गरी पूरक प्रतिवेदन तयार पारिने बताइएको छ। बमजनलाई सहकारी ठगीका प्रमुख आरोपित गितेन्द्रबहादुर राईका परिवारसँगको सम्बन्ध रहेको छ।
प्रहरीका अनुसार बमजनसँग अन्य ठगीका घटनासँग पनि जडान रहेको हुन सक्ने भन्दै अनुसन्धान जारी राखिएको जनाएको छ ।







