नेपाली कांग्रेसका सांसदहरूले पनि सुरु गरे संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान

User Image Prime TV News १० महिना अगाडि
Image of नेपाली कांग्रेसका सांसदहरूले पनि सुरु गरे संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापना र संसद विघटनको असंवैधानिकता र अलोकतान्त्रिकता विरोधमा हस्ताक्षर अभियान सुरु गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकारको गठन र संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक घोषणा गरेको केहि दिनपछि यो अभियान अघि बढाइएको हो।  न्यायालयमा मुद्दा दायर गर्नको लागि कानूनी आधार तयार पार्ने उद्देश्यले अभियान सुरु गरिएको बताइएको छ ।

यसअघि एमालेले पनि संसद पुनर्स्थापनाका लागि समान प्रकारको हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना र विघटनविरुद्ध १६ वटा निवेदन दायर भइसकेका छन्।

यस बिषयमा अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ । नेपाली कांग्रेस र एमालेको हस्ताक्षर अभियानका बीच, सरकार र निर्वाचन आयोगले आगामी मिति अनुसार चुनावको तयारी गरिरहेको छ ।