हिमपहिरोमा पुरिएका भारतीय नागरिकका शव फेला
Prime TV News १० महिना अगाडि 
काठमाडौ । कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका भारतीय नागरिकको शब फेला परेको छ । शब फेला पर्नेमा ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको भएको प्रहरीले जनाएको छ ।
ग्याल्सेन होटलबाट मलेरिपा गुम्बा घुम्न जान्न भनेर हिँडेका उनीहरु त्यसपछि सम्पर्कविहीन भएका थिए। घटनापछि होटलले नेपाल सशस्त्र प्रहरी बल, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो।
सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार, खोजी कार्यलाई निरन्तरता दिँदै मलेरिपा गुम्बाबाट लगभग १०० मिटर माथिको क्षेत्रसम्म पुग्दा, हिउँले पुरिएका शव फेला परेको हो । घटनास्थलमा सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसीको नेतृत्वमा माउण्टेन रेस्क्यु टोलिको समन्वयमा उद्धार कार्य गरिएको थियो।
अहिले मृतकका शवलाई घटनास्थलबाट तल झार्ने कार्य जारी रहेको बताइएको छ ।







