म्यानचेस्टर सिटीद्धारा लिभरपुल ३–० ले पराजित

User Image Prime TV News १० महिना अगाडि
Image of म्यानचेस्टर सिटीद्धारा लिभरपुल ३–० ले पराजित

काठमाडौ । इङ्लिस प्रिमियर लिगमा गएराति भएको महत्वपूर्ण खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३–० ले पराजित गरेको छ। एकतर्फी प्रदर्शनसहित सिटीले लिभरपुलमाथि प्रभावशाली जित हात पारेको हो।

खेलको २९औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा गन्जालेले दोस्रो गोल थप्दै अंतर दोब्बर पारे।

दोस्रो हाफको ६३औँ मिनेटमा जेरेमी डोकुले तेस्रो गोल गर्दै सिटीको विजयी नतिजालाई अझ मजबुत बनाए। यस जितपछि म्यानचेस्टर सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।