सुनको मूल्यमा फेरि उकालो, पाँच दिनमै ४ हजारभन्दा बढीले बढ्यो

User Image Prime TV News १० महिना अगाडि
Image of सुनको मूल्यमा फेरि उकालो, पाँच दिनमै ४ हजारभन्दा बढीले बढ्यो

काठमाडौ । नेपालमा सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४१ हजार ५ सय पुगेको छ । जुन आइतबारको मूल्यभन्दा  २ हजार ९ सयले बढी हो।

आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६ सय मा कारोबार भएको थियो। पछिल्ला पाँच दिनदेखि सुनको मूल्य लगातार वृद्धि हुँदै आएको छ। कात्तिक १९ गते प्रतितोला २ लाख ३७ हजार २ सय रहेको सुन अहिले सम्ममा ४ हजार ३ सयले बढिसकेको छ।

महासंघका अनुसार असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार मा पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३,०१५ रहेको चाँदी सोमबार ३,०६५ मा कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा रु ५० ले बढी हो। असोज ३१ गते चाँदी प्रतितोला रु ३,३५० मा पुगेको रेकर्ड छ।