मन्त्री पुनले शिक्षकहरुलाई राजनीतिक गतिविधिबाट टाढा रहन फेरि चेतावनी दिए

User Image Prime TV News १० महिना अगाडि
Image of मन्त्री पुनले शिक्षकहरुलाई राजनीतिक गतिविधिबाट टाढा रहन फेरि चेतावनी दिए

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक र प्राध्यापक संघ संगठनहरूलाई राजनीतिक दलसँग आबद्ध नभई आफ्नो पेशागत भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। उनले शिक्षक संघ संगठन यदि राजनीतिक गतिविधिमा संलग्न भएमा कानूनी कारबाही गरिने स्पष्ट पारेका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन् ,संविधानले दिएको अधिकारलाई कसैले खोस्न सक्दैन, तर राजनीतिक संरक्षणमा विद्यालय र विश्वविद्यालयको सञ्चालनमा बाधा पुर्‍याउने काम र विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्नु स्वीकार्य छैन भनेका छन् । 

उनले विद्यार्थी र अभिभावकहरूबाट प्राप्त राजनीतिक हस्तक्षेप र चलखेलका गुनासोहरूलाई उद्धृत गर्दै, यस्तो काम भ्रष्टाचारकै श्रेणीमा पर्ने बताए। मन्त्री पुनले सर्वोच्च अदालतको आदेश र कानुनका धाराहरू समेत ध्यान दिन पनि सबैलाई अनुरोध गरेका छन्।

फागुन २१ गते हुने चुनावको प्रचार प्रसारका क्रममा स्कुल कलेजमा पठन पाठन बन्द नगर्न पनि अनुरोध गरेका छन्।