मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिप्रति महामन्त्री शर्माको आपत्ति
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
शर्माले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार बन्ने स्पष्ट सम्भावना हुँदाहुँदै, यो निर्णय “नाटक मञ्चन” जस्तो भएको टिप्पणी गरेका छन्। उनले भने, “मधेस प्रदेशमा भएको अराजनीति दुःखद छ। यो प्रकारको घटना नागरिक पङ्क्तिमा संघीयताप्रति वितृष्णा बढाउन सघाउने खालको हो।”
उनले बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले यसलाई सच्याउन सक्ने भन्दै शर्माले संवैधानिक प्रक्रियाको सम्मान गर्दै बहुमत दलको रायअनुसार निर्णय हुनु गलत भएको टिप्पणी गरेका छन् ।







