मधेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन राप्रपाको निर्देशन

User Image Prime TV News १० महिना अगाडि
Image of मधेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन राप्रपाको निर्देशन

काठमाडौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश प्रदेश सरकारमा सहभागी मन्त्री कन्चन बिच्छालाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले यसप्रकरणलाई पार्टीका लागि गम्भीर विषय भएको बताएका छन्।

उनका अनुसार, मधेश प्रदेश सरकारमा राप्रपाका सदस्यको सहभागिता अनुशासनको उल्लंघन हो। उनले भने, “राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। यस निर्देशनको पालना नगरेको खण्डमा पार्टी विधान अनुसार कारवाही गरिनेछ।”

कन्चन बिच्छा एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त भएलगत्तै मन्त्री बनेकी थिइन्। अध्यक्ष लिङ्देनले यो घटनालाई गम्भीरतापूर्वक लिएको र पार्टी अनुशासनलाई मर्म सम्झाउँदै यस्तो कदम चालिएको बताएका छन्।