मधेस प्रदेशमा शान्ति र संवादको आग्रह गर्दै एमाले सचिव भट्टराई

User Image Prime TV News १० महिना अगाडि
Image of मधेस प्रदेशमा शान्ति र संवादको आग्रह गर्दै एमाले सचिव भट्टराई

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै मधेस प्रदेशमा राजनीतिक संवाद र सहमतिको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भने, “आज देशमा उत्पन्न विषम अवस्था तथा मधेस प्रदेशको भौगोलिक र राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर संविधानसम्मत निकासका लागि संवाद र छलफलमार्फत अघि बढ्न सबै सम्बद्ध पक्षमा हार्दिक अनुरोध गर्दछु। अतिवादले विनाश मात्र गर्छ, सचेत बनौं।”

उनीले यो सन्देश विशेषगरी मधेस प्रदेशमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछिका घटनासँग सम्बन्धित रूपमा दिएका हुन्। यादवको नियुक्तिपछि अन्य दलका नेता, कार्यकर्ता र सांसदहरूले मुख्यमन्त्री कार्यालयसहित प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गरेका थिए।