एमालेले विघटित संसदीय दलको बैठक बोलायो
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले देशको विकसित राजनीतिक परिस्थितिलाई लिएर विघटित संसदीय दलको बैठक बोलाएको छ।
पार्टीका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले आगामी मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने जानकारी दिएका छन्। बर्तौलाका अनुसार, बैठकको मुख्य उद्देश्य वर्तमान असामान्य र जटिल राजनीतिक परिस्थिति र यसको लोकतान्त्रिक तथा संवैधानिक निकासबारे छलफल गर्नु रहेको छ।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि उनले आफूलाई प्रमुख सचेतककै हैसियतमा बैठक बोलाएको बताएका छन्। एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम ठान्दै पुनर्स्थापनाको माग गर्दै आएको छ।







