मेलम्ची खानेपानीमा अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई मन्त्री घिसिङको आग्रह

User Image Prime TV News १० महिना अगाडि
Image of मेलम्ची खानेपानीमा अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई मन्त्री घिसिङको आग्रह

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।

आयोजना प्रभावितहरूले विगतमा गरिएको सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने माग राख्दै मुहान बन्द गरेपछि काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति रोकिएको थियो। मन्त्री घिसिङले समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताएका छन् भने, समस्या छिटो समाधान गरी उपत्यकामा पानी आपूर्ति पुनः सुचारु गर्ने प्रयास भइरहेको बताए।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पुराना सम्झौता अनुसार जग्गा, घरभाडा भुक्तानी, सडक निर्माण र मेलम्ची पानीको २५% विकासका लागि उपलब्ध गराउने माग राखेका छन्।

विगतमा २१ असोज २०८१ मा खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र राजनीतिक दलहरू बीच सहमति भएको थियो, तर अहिलेसम्म केही माग पूरा नभएपछि समस्या देखिएको जनाएको छ।