राज्य ब्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन प्रक्रिया आज देखि

User Image Prime TV News एक महिना अगाडि
Image of राज्य ब्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन प्रक्रिया आज देखि

काठमाडौ । प्रतिनिधिसभाको राज्य ब्यवस्था तथा सुशासन समितिको सभापति पदकालागि आज मनोनयन गर्दा हुदैछ । सचिवालयले हिजो प्रकाशित निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता हुन लागेको हो ।

निर्वाचन कार्यकालिका अनुसार मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म रहनेछ । यस्तै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो तीन बजे समिति बैठक बसेर निर्वाचन गर्ने तालिका छ ।

मनोनयन सचिवालयका सचिवको कार्यकक्षमा गर्न सकिने कार्यतालिकामा उल्लेख छ । समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने कार्यतालिकामा उल्लेख छ ।

राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएपछि नैतिकताका आधारमा राजीनामा दिँदा खाली छ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति दलहरूबिच भागबन्डा हुँदा नेपाली कांग्रेसको भागमा परेको छ । तर कांग्रेसले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन ।