डा. भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेकपामा मिसिँदै, बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’

User Image Prime TV News १० महिना अगाडि
Image of डा. भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेकपामा मिसिँदै, बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’

काठमाडौ । नेकपा एमालेबाट निष्कासनमा परेपछि छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका पूर्व उपप्रधानमन्त्री डा. भीम रावल अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिने भएका छन्।

रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ र प्रचण्ड–माधव समूहबीच एकता गर्ने तयारी पूरा भएको बताइएको छ । पार्टी एकता घोषणा कार्यक्रम आउँदो बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ शीर्षकमा आयोजना गरिने भएको छ ।

नेता प्रकाश ज्वालाका अनुसार उक्त कार्यक्रममा संयोजक प्रचण्ड, सह–संयोजक माधव नेपाल र डा. रावलले सम्बोधन गर्ने छन्। कार्यक्रममा अन्य वरिष्ठ नेताहरू, प्रदेश संयोजकहरू र विभिन्न वामपन्थी समूहका प्रतिनिधिहरूको उपस्थिति रहने जनाइएको छ ।

एकता पश्चात रावललाई पार्टीमा छैटौँ वरियताको स्थान दिने सहमति भएको छ। रावलले हालसम्म आफूसँग निकट नेताहरू, प्रचण्ड र माधव नेपालसँग छलफल गरी नयाँ राजनीतिक सहकार्यमा जाने निष्कर्ष निकालेका हुन्।रावलले केही समयदेखि एमाले नेतृत्वको राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै छुट्टै अभियान चलाइरहेका थिए।