गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता

User Image Prime TV News १० महिना अगाडि
Image of गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल गतिशील लोकतान्त्रिक पार्टी आधिकारिक रूपमा दर्ता गरेको छ।

आयोगको दल दर्ता शाखाका अनुसार पार्टीलाई सोमबार दर्ता प्रमाणपत्र प्रदान गरिएको हो। बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको टोलीले गत ३० असोजमा दल दर्ताका लागि निवेदन दिएको थियो।

आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि उक्त दललाई दर्ता प्रमाणपत्र जारी गरेको हो। नवदर्ता पार्टीको अध्यक्षमा दिनेश प्रसाईँ रहेका छन् भने महासचिव पियुषप्रसाद कायस्थ रहेका छन्। बस्नेत पार्टीका संस्थापक सदस्यका रूपमा रहेका छन्।

पार्टीका नेताहरूका अनुसार ‘गतिशील लोकतान्त्रिक पार्टी’ले देशमा उत्तरदायी, पारदर्शी र समावेशी लोकतन्त्र स्थापनाका लागि काम गर्ने लक्ष्य लिएको छ। पार्टीले आगामी दिनमा आफ्नो घोषणापत्र र कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।