सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा जेनजी युवाहरूको प्रदर्शन


काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको विरोधमा जेनजी अर्थात नयाँ पुस्ताका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूको संख्या क्रमशः बढ्दै गएको छ।
प्रदर्शनमा सहभागी युवाहरूले सरकारको सामाजिक सञ्जाल नियन्त्रण प्रयास, भ्रष्टाचार, तथा शासन प्रणालीमा देखिएको अव्यवस्थाको विरोध गरेका हुन्। उनीहरूले स्वतन्त्र अभिव्यक्तिको अधिकारमा हस्तक्षेप गर्न खोजिएको भन्दै गहिरो असन्तुष्टि जनाए।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका युवाहरूले राष्ट्रभक्तिपूर्ण गीत गाएका छन् भने हातमा विरोधका नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। केही स्कुल तथा कलेजको पोशाकमै सहभागी छन् । प्रदर्शनमा युवाहरुले "असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ", "ूजेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ", "कता हिंडेको ट्याक्स लुटेर र" जस्ता प्ले कार्ड प्रर्दशन गरेका छन् ।
यस्तै युवा प्रर्दशनमा राजनीतिक दलका भातृ संगठनहरुलाई निषेध गरेका छन् ।