कस्तो रहला आजको मौसम ?

User Image Prime TV News १ हप्ता अगाडि
Image of कस्तो रहला आजको मौसम ?

काठमाडौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।

महाशाखाले दिउँसो पनि यही मौसमी अवस्था रहने जनाएकाे छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बादल रहिरहने तथा देशका अन्य भूभागमा मौसम खुला रहनेछ।

राति गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी क्षेत्रमा मौसम सफै रहनेछ। आज बिहान सूर्योदय ६ बजेर २१ मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने विभागले जानकारी दिएको छ।