अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिर, परिवारले अफवाहलाई गरे खारेज

User Image Prime TV News १० महिना अगाडि
Image of अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिर, परिवारले अफवाहलाई गरे खारेज

काठमाडौ । बलिउडका अभिनेता धर्मेन्द्र निधनको परिवारले खण्डन गरेको छ । उनकी पत्नी हेमा मालिनी र छोरी एषा देओलले यस विषयमा जानकारी दिदै अहिले पनि उपचारमा सकारात्मक रुपमा अघि वढी रहेको जनाएका छन् । 

केही समयअघि अनधिकृत स्रोतहरूले धर्मेन्द्रको मृत्यु भएको भनी रिपोर्ट गरेका थिए । अभिनेता ८९ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्या आएको कारण भर्ना भएका थिए।

मंगलबार बिहान, उनकी पत्नी हेमाले आधिकारिक एक्स मार्फत लेखेकी छन्, “यो घटना अक्षम्य छ । कसरी जिम्मेवार सञ्चार माध्यमहरूले एक व्यक्तिको मृत्युको गलत खबर फैलाउन सक्छन्, जो उपचारमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन् र निको हुँदैछन्? कृपया परिवारलाई आवश्यक गोपनीयताको सम्मान गर्नुहोस्।"

धर्मेन्द्रकी छोरी एषा देओलले पनि इन्ष्टामा लेखेकी छन्,“मिडियाले अत्यधिक हल्ला फैलाइरहेको छ। मेरा बुबा स्थिर छन् र निको हुँदैछन्। हामी सबैसँग परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गर्छौं। छिटो निको होउनुका लागि धन्यवाद।”

धर्मेन्द्रलाई बलिउडमा “ही‑म्यान”को रूपमा चिनिन्छ। धर्मेन्द्रले आफ्नो करियर १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट सुरु गरेका थिए। उनले २०१२ मा भारत सरकारबाट पद्म भूषण सम्मान प्राप्त गरेका थिए।