मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरे
Prime TV News १० महिना अगाडि 
काठमाडौ । मधेस प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति प्रक्रियाविरुद्ध ७४ जना सांसदहरू सर्वोच्च अदालत पुगेका छन्। उनीहरूले नियुक्ति असंवैधानिक भएको भन्दै अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।
यस विषयमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइ लगायतका नेताहरू सर्वोच्च पुगेका थिए । सांसद कृष्ण यादवले भने,“मधेस प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति संविधानको धारा १६८ (उपधारा ३) विपरीत गरिएको छ। त्यसैले हामी सर्वोच्च अदालतमा पुगेका हौँ।”
सांसदहरूले अदालतबाट न्याय माग्दै, नियुक्ति प्रक्रियामा देखिएका असंवैधानिक पक्षहरूसँग सम्बन्धित मुद्दा उठाउने तयारी गरेका छन्। निवर्तमान प्रदेश प्रमुख सुमित्रा भण्डराीले ठ्लो दलको रुपमा एमालेका सुरेन्द्र यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
यादवको नियुक्ती विवादमा परेसंगै सरकारले भण्डारीलाई प्रदेश प्रमुखवाट हटाइ सकेको छ ।







