नयाँदिल्लीमा कार विष्फोट, प्रधानमन्त्री कार्कीले दुःख व्यक्त
Prime TV News १० महिना अगाडि 
काठमाडौ । भारतको राजधानी नयाँदिल्लीको लालकिला नजिकको मेट्रो स्टेशनमा सोमबार साँझ एक कारमा विष्फोट हुँदा कम्तिमध्ये ८ जनाको मृत्यु भएको छ। यस घटनामा धेरै घाइते भएका छन् ।
नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले घटनाप्रति गहिरो स्तब्धता र दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेकी छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन्। प्रधानमन्त्री कार्कीले यस दुःखको समयमा नेपाल भारतको साथमा रहेको बताएका छन्।
भारतीय अधिकारीहरूले घटनाको कारणबारे अनुसन्धान सुरु गरेका छन्।







