मधेस प्रदेशको घटना, लोकतान्त्रिक अभ्यासमाथिको अपमानः नेता श्रेष्ठ
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सोमबार मधेस प्रदेशमा भएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अपमान भएको बताएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिबासस्थित पानस होटलबाटै मुख्यमन्त्रीका रूपमा शपथ गराएको घटनामा श्रेष्ठले आपत्ति जनाएका हुन्। उनले यो कदम राजनीतिक नैतिकता र लोकतान्त्रिक प्रक्रिया माथि ठूलो प्रहार भएको टिप्पणी गरेका छन्।
श्रेष्ठले भने, “यसले स्पष्ट गर्छ कि राजनीतिक पार्टी र नेताहरू यत्रो जेन-जी विद्रोहपछि पनि चेतनामा पुगेका छैनन्।” उनले जेनजी विद्रोहले राजनीतिक दल र नेताहरूको शुद्धिकरण र रूपान्तरणलाई मुख्य मुद्दा बनाएको स्मरण गराउँदै, हालको घटनालाई त्यही चेतनाको प्रतिकूल भनेका छन्।







