जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पूननिर्माण दुई महिनापछि सुरु हुन्छः मन्त्री खनाल

User Image Prime TV News १० महिना अगाडि
Image of जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पूननिर्माण दुई महिनापछि सुरु हुन्छः मन्त्री खनाल

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुईमहिनापछि सुरु गरिने जानकारी दिए ।

उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिव सय अर्वको क्षति भएको प्रारम्भीक अनुमान रहेको बताए । जेन जी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको भन्दै मन्त्री खनालले टुक्रे आयोजनाहरुको बजेट कटौती गरि हुलाकी, मध्यपहाडी लोकमार्ग, बिपी राजमार्ग लगाएतका  रणनीतिका आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे ।

जेनजी आन्दोलनको माग अनुसार बजेटको सहि परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको भन्दै मन्त्री खनालले आयकर घटेपनि समग्र राजस्व बढेको जानकारी समितिलाई दिए ।