लगातार तीन दिनको गिरावटपछि नेप्सेमा सुधार, ३.२१ अंकले वृद्धि

User Image Prime TV News १० महिना अगाडि
Image of लगातार तीन दिनको गिरावटपछि नेप्सेमा सुधार, ३.२१ अंकले वृद्धि

काठमाडौ । लगातार तीन कारोबार दिनसम्म घट्दै आएको सेयर बजार मंगलबार बढेको छ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.२१ अंकले उक्लँदै २५६५ अंकमा अडिएको छ। मंगलबार बजारको सुरुवाती सत्रमा नेप्से ओरालो लागेको थियो। तर, दिउँसो साढे १ बजेपछि बजार सुधारिन थालेपछि दिनको अन्त्यमा परिसूचक हरियो मुद्रामा बन्द भएको हो।

आज १४२ कम्पनीको मूल्य बढेको छ भने १०२ कम्पनीको कारोबार घटेको छ । १० वटा कम्पनीको स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ। यद्यपि बजारमा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार ३ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको हो।