युवा संघले देशव्यापी 'युवा जागरण अभियान' सुरु, वडा–वडामा युथ फोर्स गठन गर्दै

User Image Prime TV News १० महिना अगाडि
Image of युवा संघले देशव्यापी 'युवा जागरण अभियान' सुरु, वडा–वडामा युथ फोर्स गठन गर्दै

काठमाडौ । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले देशभर ‘युवा जागरण अभियान’ सञ्चालन गर्ने र वडादेखि प्रदेशसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ।

संघले पार्टी सुदृढीकरण, युवा परिचालन र जनसुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यसहित अभियान अगाडि बढाउने जनाएको छ। संघका प्रवक्ता निरोज पौड्यालका अनुसार अभियान २७ कात्तिकदेखि १० मंसिरसम्म सातै प्रदेशमा सञ्चालन हुने जानकारी दिए ।

अभियानको संयोजन जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ। संघले तयार पारेको तालिका अनुसार २७ कात्तिकमा लुम्बिनी, १ मंसिरमा बागमती, ३ मंसिरमा मधेश, ४ मंसिरमा कोशी, ८ मंसिरमा गण्डकी, ९ मंसिरमा कर्णाली, र १० मंसिरमा सुदूरपश्चिम प्रदेशमा अभियान सञ्चालन गरिने जनाएको छ।

यसै क्रममा ५ मंसिरमा काठमाडौंमा स्वयंसेवक भेला पनि आयोजना गरिने भएको छ। पौड्यालका अनुसार अभियान अन्तर्गत टोलटोलमा सुरक्षा समिति गठन हुँदै वडा, पालिका र प्रदेशस्तरीय युथ फोर्स निर्माण गर्ने जानकारी दिए ।