सर्वोच्चले मधेश प्रदेश मुख्यमन्त्रीलाई नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of सर्वोच्चले मधेश प्रदेश मुख्यमन्त्रीलाई नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी

काठमाडौ । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।

सोमबार रकी प्रसाद साहले दायर गरेको रिटको आधारमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। अदालतले नियमावली, २०७४ को नियम ४९ (२) (क) अनुसार आदेश जारी गर्दै भनेको छ कि रिटको विषयवस्तु संवेदनशील, सार्वजनिक महत्वको भएको र छिटो निर्णय आवश्यक भएको कारण पेशी स्थगित गर्न नपाइने गरी अग्राधिकार दिएको छ।

अन्तिम सुनुवाई मंसिर ११ मा हुने तय गरिएको छ। अदालतले आदेश जारी गर्दा मुख्यमन्त्री यादवले दीर्घकालीन असर पार्ने कुनै निर्णय नगर्न निर्देशन दिएको छ। यस आदेशपछि मधेश प्रदेशमा कुनै पनि नयाँ नीतिगत निर्णयमा अस्थायी रोक लागेको छ।