औचित्यहीन बनेको भन्दै विप्लव समाजवादी मोर्चाबाट अलग
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ।
महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै मोर्चाको वर्तमान स्वरूप अब औचित्यहीन बनेको निष्कर्ष निकाल्दै अलग भएको घोषणा गरेका हुन्।
२०८० सालमा चार वाम दल मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो। राष्ट्रिय स्वाधीनता, जनजीविकाको सुधार, राज्यको संरचनागत रूपान्तरण र भ्रष्टाचारविरुद्ध संगठित संघर्षका उद्देश्यसहित सुरु गरिएको मोर्चाले केही महत्वपूर्ण गतिविधि गरे पनि अपेक्षित गतिमा प्रगति हुन नसकेको उनले बताएका छन्।
विप्लवले हालको राजनीतिक परिवेशमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै जेनजी आन्दोलनपछि नयाँ विचार, नयाँ गठबन्धन र नयाँ मोर्चाबन्दीको आवश्यकता देखिएको बताएका छन्।
समाजवादी मोर्चाभित्र रहेका तीन दल एक भइसकेको र पुरानै ढाँचाको मोर्चा टिकिरहन नसक्ने पार्टीको निष्कर्ष रहेको उनले स्पष्ट पारे।







