दुर्गा प्रसाईं समूहले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझायो

User Image Prime TV News १ हप्ता अगाडि
Image of दुर्गा प्रसाईं समूहले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझायो

काठमाडौ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ समूहले आज गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ।

मागपत्र गृह मन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा समूहका माधव प्रसाद खतिवडाले बुझाएका हुन्। समूहको मागपत्रमा नेपालको संविधान खारेज गरी संवैधानिक राजसंस्था पुनर्स्थापना, वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य स्थापना, र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था सहित धेरै माग समेटिएका छन्।

समूहले यसबारे जनमत सङ्ग्रहमार्फत निर्णय लिनुपर्ने पनि माग गरेको छ। त्यसैगरी, प्रदेश संरचना खारेज गरी पुराना ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला कायम गर्नुपर्ने माग पनि प्रस्तुत गरिएको छ।

आर्थिक पक्षमा समूहले नेपालमा व्यापार र उद्योग नेपालीले सञ्चालन गर्ने वातावरण, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा वा २५ किस्तामा ५% ब्याजदरमा तिर्न पाउने सुविधा र बैंक तथा वित्तीय संस्थाको राष्ट्रियकरणको माग राखेको छ।

साथै, खाडीका जेलमा बस्न बाध्य करिब ७ हजार युवालाई स्वदेश फिर्ता गर्ने पहल, नेपालमै सीपअनुसार रोजगारी सिर्जना र सर्वहारा तथा भुईँमान्छेको साना ऋण मिनाहा गर्ने माग पनि पत्रमा उल्लेख छ। दुर्गा प्रसाईं समूहले आफ्नो अभियानलाई राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणको पक्षमा केन्द्रित गर्दै आएको जनाएको छ।

 २७ बुँदे माग पत्रः